सुनिल र विकललाई थप १० दिन थुनामा राख्न अनुमति

नेपाल टेलिकमका पुर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको छ । गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका उनीहरुलाई अदालतले थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आज म्याद थपका लागि दुवै जनालाई विशेष अदालतमा पेश गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले माघ १० गते उनीहरुलाई पक्राउ गरेको थियो भने निवासमा छापा मारी कागजातसमेत नियन्त्रणमा लिएको थियो । २०८० असोज १५ मा अख्तियारले सुनिलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यस्तै, २०८० वैशाखमा विकलसहितका केहि व्यक्तिविरुद्ध करिब ७० करोड रुपैंया मागदाबीसहित अख्तियारले दायर गरेको थियो । 

प्रतिक्रिया