आज  श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजाआराधना

विद्याकी देवी सरस्वतीको पूजाआराधना गर्दै आज श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन सरस्वतीको पूजा मनाउने गरिन्छ । श्रीपञ्चमी वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीको पूजा गर्ने परम्परा छ । आज विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, सङ्गीतकर्मी, पत्रकार लगायतले कला साधनाका वस्तु पूजा गर्दछन् । श्रीपञ्चमीको दिन बालबालिकालाई अक्षरारम्भ पनि गराउने चलन छ ।सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु सुरु हुने भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ । आजको दिन केटाकेटीको नाक कान छेड्नका लागि पनि उत्तम दिनका रूपमा लिइने गरिन्छ । शुभ कार्यका लागि आज साइत हेर्न नपर्ने पवित्र दिनका रूपमा समेत लिने गरिन्छ । आज काठमाडौं उपत्यकाका स्वयम्भू मैतीदेवी र गैह्रीधारास्थित नील सरस्वती, ललितपुर लेलेलगायत विभिन्न जिल्लामा रहेका सरस्वती मन्दिरमा पूजाआजा गर्नेको घुइँचो लागेको छ । आजै काठमाडौंको हनुमानढोकास्थित नासलचोकमा पुरोहितबाट विधिपूर्वक कथा वाचन गरी वसन्त श्रवण गर्ने प्रचलन छ । वसन्तपञ्चमीकै दिनदेखि शिक्षण संस्थाले पनि विविध छुट कार्यक्रमसाथ विद्यार्थी भर्ना आह्वान गरेका छन ।। 
 

प्रतिक्रिया