रुविना बनिन शतक प्रहार गर्ने पहिलो नेपाली महिला क्रिकेट खेलाडी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/424596446_807550151401367_3950952276752021446_n_w09RWHimFX_zr3db9ezrkvxxhwwhwpswbb2to5lz2n1hb8kpi4jjp03hmhvq1xtwxjzjayg_doHfRjJkQC_kbcuujewowhzg4r6cp4q9frgiqxcvdky9ncynfjobesstjnma9jdq5haksbd.jpg)
नेपाली महिला क्रिकेट टिमकी पूर्वकप्तान रुविना क्षेत्री नेपाली महिला क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छन् । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा आज माल्दिभ्सविरुद्ध मात्र ५४ बलमा शतक पूरा गर्दै उनले नेपाली महिला क्रिकेटमा दुर्लभ इतिहास बनाएकी हुन । रुविना ५४ बलमा १० चौका र ३ छक्कासहित शतक पूरा गरेकी हुन । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला खेलाडीले प्रहार गरेको यो नै पहिलो शतक पनि हो ।
यसअघि सर्वाधिक रनको कीर्तिमान सीता रानामगरको नाममा थियो । उनले सन् २०२१ नोभेम्बरमा सीता रानामगरले कतारविरुद्ध ८२ रनको कीर्तिमान बनाएकी थिइन । नेपालले खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा २ सय २७ रन जोडेको थियो । यो स्कोर नेपाली महिला टिमको टी–२० मा अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालको टी–२० महिला अन्तर्राष्ट्रियमा उच्च स्कोर १ सय ६४ रन थियो ।
प्रतिक्रिया