११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने चेतावनी

सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ । ठेक्का लिएर समयमै काम नगर्ने र आपूर्ति नगरेपछि विभिन्न जिल्लाका स्थानीय तहहरूले सिफारिस गरेबमोजिम ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्न कार्यालयले प्रक्रिया थालेको हो । कालोसूचीमा राख्न सिफारिस भएका निर्माण कम्पनीहरुमा लमजुङको चम्पादेवी रोडा ढुंगा बालुवा प्रशोधन केन्द्र, ललितपुरको न्यू प्रिन्सपल फेसन ओयर, कञ्चनपुरको प्रगती कन्स्ट्रक्सन लगायत छन् । ती निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राख्न नपर्ने आधार भए सुचना प्राप्त भएको मितिले ३० दिनभित्र लिखित स्पष्टिकरण बुझाउन भनिएको छ । 

प्रतिक्रिया