अमेरिकी राष्ट्रपति र जोडर्नका राजाविच ह्वाइट हाउसमा छलफल

गाजाको रफाहको शरणार्थी शिविरमा इजरायलले आक्रमण गरेपछि त्यसलाई रोक्न अन्र्तराष्ट्रिय पहल सुरु भएको छ । अमेरिका तथा युरोपेली मुलुकसँगै प्यालेस्टाइन र उसका मित्र देशहरूले कूटनीतिक सक्रियता बढाएका हुन । ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडन र जोर्डनका राजा अब्दुल्लाहबीच इजरायज हमास युद्धका विषयमा कुराकानी भएको छ । दु्ई नेताविच रफाहमा इजरायलको सैन्य कारबाहीले निम्त्याएको चुनौतीका बारेमा छलफल भएको हो । भेटमा बाइडनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो सल्लाह नमानेकोमा असन्तुष्टि जनाएको राष्ट्रपति कार्यालयले जनाएको छ । गाजा क्षेत्रमा रहेका बन्धकलाई मुक्त गर्न र मानवीय सहायता बढाउन पहल गर्नुपर्ने अमेरिकी भनाइ छ । अमेरिकी विदेश मन्त्रालयले यसअघि नै रफाह सैन्य कारबाहीलाई समर्थन नगर्ने बताएको थियो । रफाह आक्रमणका विषयमा नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटले प्यालेस्टिनी समकक्षी मोहम्मद शथाय्येहसँग छलफल गरेका छन । प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासले पनि दोहामा कतारका अमिरसँग भेट गरेका छन । कतारले इजरायल र हमासबीच सहमति प्रयासका लागि लामो समयदेखि मध्यस्तता गर्दै आएको छ ।। 

प्रतिक्रिया