माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिदै
नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी छ । हिजो देखी काठमाडौंमा सुरू भएको केन्द्रिय समिति बैठकमा यसअघि भएको माओवादी रूपान्तरण अभियानका बारेमा समिक्षा सुरू गरिएको छ । आज पनि सो अभियानका बारेमा छलफल हुने र अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने कार्यतालिका रहेको छ । फागुन १ गते देखी सुरू हुने बिधान अधिवेसन अघि माओवादीले केन्द्रिय समिति बैठक बोलाएको छ । गत शनिवार सम्पन्न स्थायी समितिले १ सय ५१ सदस्यीय केन्द्रिय समिति बनाउने प्रस्ताव पारित र त्यसलाइ पदाधिकारीले टुंगो लगाएर बिधान अधिवेसनमा पेश गर्ने निर्णय गरेको भोलीपल्ट सो केन्द्रिय समिति बैठक बोलाइएको हो ।
प्रतिक्रिया