वाणिज्य बैंकले ब्याजदर थप घटाए, मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५ प्रतिशत कायम
![](https://snowberry.prixacdn.net/media/gallery_folder/COMMERCIAL-BANKS-Banijya-Bank_gKIv7FOqQB_2m7srdkafb3iuvfwpnp7xd5sgps5mqinhoid7j2ig8bqzbp6eshnh9udveiy_4ARppkiRik_ojbjyvmmz2eehioobqtiljv0aqrfrmitcsghzsvlsotnfzj7hfn4n72pk19c_8SCBEpxYdX_fy6tsv3ykvgd4sa5vffmtwukpswf6sftuguenynpunrlbp5hig3maqbytais_L6Bnn5jqDw_d6lbdvx0kmxm8d9ifd8wekfbepjqkj0o1giodrtt4deoax6sdy3cspz04b6q.jpg)
वाणिज्य बैंकहरूले फागुन महिनाको लागि ब्याजदर थप घटाएका छन् । बैंकमा निक्षेप बढ्ने तर कर्जा अपेक्षित रूपमा बढ्न नसकेपछि लगानीयोग्य पुँजी बढ्दै गएपछि बैंकहरुले ब्याजदर समायोजन गरेका हुन । लगानीयोग्य रकम बढ्दै गएको अवस्थामा प्रत्येक महिना बैंकहरूले ब्याजदर घटाउन थालेका छन् । हाल बैंकहरूमा अझै ५ खर्ब हाराहारी अधिक तरलता छ । फागुन महिनाका लागि पनि अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाएको सूचना सार्वजनिक गरेका हुन । माघ महिनामा बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम नौं प्रतिशत ब्याजदर दिएका थिए । फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५ प्रतिशत कायम भएको छ । माघको तुलनामा फागुनमा औसत ब्याजदर ०.४ प्रतिशत बिन्दुले घटेको देखिएको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा बैंकहरूले ०.०६ प्रतिशतदेखि न्यूनतम ०.८१ प्रतिशतसम्म ब्याजदर घटाएको बैंकहरुको विवरणले देखाएको छ । फागुनको लागि लक्ष्मी सनराइज, माछापुच्छ्रे, हिमालयन र एभरेष्ट बैंकले माघ कै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् । फागुनमा कृषि विकास बैंकले सबैभन्दा कम व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.४४ प्रतिशत ब्याजदर दिने भएको छ । केही बैंकलाई पुँजी कोषको कारणब्याजदर माघ र फागुनको लागि यथावत राखेका छन ।।
प्रतिक्रिया