माओवादी केन्द्रको स्थायी समिति बैठक आजवाट सुरु हुँदै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/maobadi%25252520kendra_YUSnC4BT9u_emtajoknaf9xfgxtio07sqzrqswh6tvc07a4gbzaj75staak6hpum7ue9lcx_rYsyWCAhOO_p2buzjk1sj8crkp6qoqwxjspm9vtv3p9h84w7byxmmtndgyb2melqmxlnwqc_PccFCpoL3S_i1buv7xipwycxrlwrfqn2w8idaq8goswi0czhyuvhy8l9yjqbzhuoqtwvngb_whsUx33gX8_ujm1lslzauy4k8ozuglyxu9936u6qv0ldffa7xzimkord8fspj2q1eaxsjwh.jpg)
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजवाट सुरु हुँदैछ । बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ । फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक स्थायी समिति बैठक बस्न लागेको हो । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुने छ । मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा नै प्रस्तुत गर्ने तयारी छ । स्थायी समिति बैठकपछि माघ २८ र २९ गते केन्द्रीय कमिटीको बैठक पनि बोलाइएको छ । बैठक राष्ट्रियसभा गृहमा बस्नेछ । सो बैठकमा पार्टीले चलाएको चार महिने रुपान्तरण अभियानको समीक्षा हुनेछ । माओवादीको विधान सम्मेलन फागुन १ गतेदेखि ३ गतेसम्म कमलादीस्थित प्रज्ञा भवनमा हुँदै छ ।
प्रतिक्रिया