साताको अन्तिम दिन नेप्से सामान्य अंकले वृद्धि
![](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal-stock-exchange-nepse-1_pRp9earaE7_uwutmfkjemudzkmjv7bkqhdoa8iwalst0j2v9lwx0guokqyvp4cginfznlww_MBGrqHL5fr_a33zgmhmpnj1qip9tnw7aoom6r6mvgqpsolc9bww4nbmr9yi4bgv3nfhpdbe_N1RJmPn8ef_4zbmdpbnkxrqesqjtvw83auddf26nrfmf9jdmpaescw2k0kutmesqh8roh96_tq7b6Hbo5S_8aopcjkvldhfo9fcx6pi4mstbgg9sryshwwqb3kcemgflrvlm2gvzvcqvbtf_CUjEspKwYq_nhfk9aeknc08by4fpklvcusd2yjhgm3f8cm4dawzrvsut8pxwfybutsgj7sh_1OZfLHPD25_ic5y2la1k1jd8vi5nwlbrv09bhmzwgnm0joud0bav2nibk6mxhhykka5njz4_TAjmc27lXb_16nccepcjxlmxg7ghqctbnupgxvlcumqclw1h5gmkfic753umwreqhen4maq_odGO3vTcom_04twhxmwzx1zydfemc5ljdf1h40c4i73hxdyyphkode1i9vihqksx7pl84uw.jpg)
साताको अन्तिम सेयर कारोबार दिन शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ५.७४ अंकले बढेर २ हजार ९६ दशमलब ३८ विन्दुमा पुगेर बन्द भएको हो । कारोबार रकम बुधबारको तुलनामा आज बढेको छ । आज ३ सय १७ कम्पनीको ९१ लाख ७१ ७१० कित्ता सेयर ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४ सय ५३ रुपैयाँमा खरिदबिक्री भएका छन । बुधबार २ अर्ब ८४ करोड बराबर मूल्यको सेयर कारोबार भएको थियो । आज १८ करोड बढी मूल्यको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो । यसैगरी चन्द्रागिरी हिल्सको ८ करोड ७६ लाख ,अपी पावरको ७ करोड ७५ लाख,ङादी ग्रुपको ७ लाख ३० लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ६ लाख ९२ हजार मूल्यको सेयर कारोबार भएको छ । समाज लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्रिशुली विद्युतको ९.८४ प्रतिशतले बढ्दा माया खोला हाइड्रोपावरको ७.७६ र स्वेत गंगा हाइड्रोपावरको सेयर ७.४९ प्रतिशतले बढेको छ । आज सिद्धार्थ इन्भेस्टमेन्टको शेयर मूल्य भने ९ दशमलब ९७ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका १ सय ५७ स्टकको मूल्य बढ्दा ८२ वटाको घट्यो भने ८ को स्थिर रहेको छ ।
प्रतिक्रिया