साताको अन्तिम दिन नेप्से सामान्य अंकले वृद्धि

साताको अन्तिम सेयर कारोबार दिन शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ५.७४ अंकले बढेर २ हजार ९६ दशमलब ३८ विन्दुमा पुगेर बन्द भएको हो । कारोबार रकम बुधबारको तुलनामा आज बढेको छ । आज  ३ सय १७ कम्पनीको  ९१ लाख ७१ ७१० कित्ता सेयर ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४ सय ५३ रुपैयाँमा खरिदबिक्री भएका छन । बुधबार २ अर्ब ८४ करोड बराबर मूल्यको सेयर कारोबार भएको थियो । आज १८ करोड बढी मूल्यको सेयर कारोबार  गरी हिमालयन रिइन्स्योरेन्स  शीर्षस्थानमा रह्यो । यसैगरी चन्द्रागिरी हिल्सको ८ करोड ७६ लाख ,अपी पावरको ७ करोड ७५ लाख,ङादी ग्रुपको ७ लाख ३० लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ६ लाख ९२ हजार मूल्यको सेयर कारोबार भएको छ । समाज लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्रिशुली विद्युतको ९.८४  प्रतिशतले बढ्दा  माया खोला हाइड्रोपावरको ७.७६ र स्वेत गंगा हाइड्रोपावरको सेयर ७.४९ प्रतिशतले बढेको छ । आज सिद्धार्थ इन्भेस्टमेन्टको शेयर मूल्य भने ९ दशमलब ९७ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका १ सय ५७ स्टकको मूल्य बढ्दा ८२ वटाको  घट्यो भने ८ को स्थिर रहेको छ । 

प्रतिक्रिया