सरकारले सूचना र प्रविधि सम्बन्धी कानूनको तयारी गरिरहेको छः सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचन प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना र प्रविधि सम्बन्धी कानूनको तयारी गरिरहेको बताएकी छिन । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानूनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको बताएकी हुन । मन्त्री शर्माले रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, एआई जस्ता प्रविधिको आत्मसातीकरणका साथै आगामी दिनमा विकासमा नविन प्रविधिका लागि पनि स्पष्ट र नीतिगत कानूनी र संरचनात्मक व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याइन ।
मन्त्री शर्माले नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वनमा ल्याइएको पनि बताइन । कानूनसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनः संरचना लगायतका संरचनागत कामहरु पनि अघि बढाउन खोजिरहेको उनको भनाइ थियो । नेपालमा सूचना र प्रविधि अघिअघि र देशका कानून पछिपछि भइरहेकोमा मन्त्री शर्माको चिन्ता थियो ।
प्रतिक्रिया