अछामको मेल्लेखमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु
![](https://snowberry.prixacdn.net/media/gallery_folder/aaglagi-1_crq52otL9q_z4y61imlj3y1pfffthobnb3pgrde8p9rqdmuvi10sykvqg1wjrqurgjxlpdz_6aqqhex7KR_6kqqz1vtqhepooy5ggyesiyio72cu1wg9zremqjxcpdrbqg89ralklbsumof_iifXMyxR4h_lkj7rshrmqrz2f7rddwuvdyhjeyynsqkyymbxdm05bpt5zfb61iaaz8knakb.jpg)
अछाममा आगलागी हुँदा दुई बालबालिकको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–३ ठाटी दर्बाका जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको संयुक्त गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका अनुसार घर नजिकै बालेको आगो गोठमा सल्किँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अंकित बुढाको मृत्यु भएको हो । आगो स्थानीय र सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन । क्षतिको पूर्ण विवरण संकलन गर्नै बाँकी रहेको प्रहरीले जनाएको छ । चार दिनअघि मात्रै डडेलधुरा र मुुगुमा आगलागीमा परेर चार जनाको ज्यान गएको थियो । जाडोको बेला आगो ताप्दा र हावाहुरी चल्ने बेला आगोको काम गर्दा विशेष ख्याल गर्न विज्ञहरुले आग्रह गर्दै आएका छन् ।
प्रतिक्रिया