एकदिवसीय विश्वकप खेलेर अण्डर १९ राष्ट्रिय टोली स्वदेश फिर्ता

दक्षिण अफ्रिकामा भएको एकदिवसीय क्रिकेटमा सहभागी भइ नेपाली यु—१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै फर्केको टोलीलाई नेपाल क्रिकेट संघका पदाधिकारीहरुले स्वागत गरेका छन । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली यु १९ टिमका कप्तान देव खनालले समग्रमा खेल राम्रो भएको र नयाँ कुरा सिक्न पाएको बताए । 
खेलाडीहरुले बलिङमा राम्रो भएपनि ब्याटिङमा आफूले सोचेको जस्तो हुन नसकेको प्रतिक्रिया दिएका छन । सुपर सिक्समा पुग्नु नै देश र आफूहरुको लागि राम्रो कुरा भएको उनीहरुको भनाइ छ । 
बाइट ः 
यु १९ टोलीका प्रशिक्षक जगत टमाटाले खेलाडीहरुको प्रदर्शनीबाट खुशी रहेको बताए । यु १९ टिममा राम्रा खेलाडीहरु भएकाले आगमी दिनमा नेपाली क्रिकेटको भविष्य उज्वल रहेको उनको भनाइ छ । 
यु १९ विश्वकपमा नेपाल सुपर सिक्ससम्म पुगेको थियो । समूहचरणमा नेपालले न्युजिल्याण्ड र पाकिस्तानसँग हार व्यहोर्दा फगानिस्तानलाई पराजित गरेको थियो । त्यस्तै सुपरसिक्समा बंगलादेश र भरतसँग पराजित भएको हो । 

प्रतिक्रिया