आज देशभरका चलचित्र घर बन्द हुने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/download_jE1YhLYwbm_ygb4hg6p0vztecphvqaxhnu7mdvvcbs4e722uhfaqwn8ugccugezfyheviro_vXxcHHwnM3_ed8jl3wen92knganeyooumewpw6oqj7nfeb6vcmvsnom9lhsz1f8zfs43vpj.jpg)
आज देशभरका चलचित्र घर बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् । केही दिनअगाडि नेपाल चलचित्र संघले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका चलचित्र हल बन्द गर्ने निर्णय गरेको थियो । सो निर्णयको समर्थन गर्दै क्युएफएक्स मल्टिप्लेक्सले पनि हल बन्द हुने जनाएको छ । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गर्ने निर्णय गरेको हो । सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहितविपरीत थप कर लगाइएको आरोपसमेत लगाएको छ । संहिताविपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करहरूले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको जनाउँदै सङ्घले मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक करहरूको खारेजीको माग पनि गरेको छ । कोरोना महामारीअघि देशभर ४५० वटा चलचित्र हल सञ्चालनमा रहे पनि अहिले १ सय ५९ वटा मात्र हल सञ्चालनमा छन ।
![वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/Death-body-900px_9GIWJZvNIv_uqiqa4h8t5mqnpk3ofroj3ctav1qhens4akqvxrsvpppzmvwgg5c2xotzowc_UXOdzKMGGd_8znrgumoexjdghna6nndd96orzd1na7aiyviuluzjnz7bigsurx16xc7jrzl.jpg)
वन्यजन्तुको आक्रमणमा एक महिलाको मृत्यु
![जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि](https://snowberry.prixacdn.net/media/gallery_folder/japan-flag_9H8WXBWHxr_dgicxh0nexhxmjz8xmsk1dqq6qng8trllvpwslxkpsp5xfwti6e9f72wigkp_1kVzAD76K0_t02pottdryg2ha5sxgj4nrfpl3wsx3vab9zonsrcz9is9baadyvgo8c3xmsw.jpeg)
जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि
![भन्सार छलीका लत्ताकपडा नियन्त्रणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/img-20250121-wa0006-2212025085103-1000x0_2N1IVuXSzY_u9azo9ig6oyappu0ogczovhpo22dwpyc0pfft3zvdq8z7x9uw8qtwbznwwyz_2u3K1o8Rhw_brlbjkfloccpycet6bqevmqvaeqe89zpm8hlacgp0la3kfupoaap8enqtbdj.jpg)
भन्सार छलीका लत्ताकपडा नियन्त्रणमा
![प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग](https://snowberry.prixacdn.net/media/gallery_folder/received_985522963464165_5PVFtVa257_e2zhwqzy28kcodpzgsvgjokbluxy7aiaaalfufut1w26ddxdvkctcrkmqygg_yuwdpkti0H_rzpswfktw09vnyjp1kefpq1dbmfwwhs8qilmxcqvfjmu7udtt9rv0zoumvap.jpeg)
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
![चीनमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/accident-1713076124_YWiXDDwiyZ_9k9s9dikhbgjhftlkpymhgayg0utcigwbd6ogo1hykly0yd89c19jxdmqpt9_POVerAxbbZ_nygdy0rfjtwtwdprudcmbwzaik46izaah3mreerzknxdauf5zg8zicgctuxi.jpg)
चीनमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु
![टर्कीएको होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/aaglagi1637632894_01oqdaJHyc_og8rzhpvejxahlinibrzbrkxawuqfvxeudtqeaeyrjs2woy5v7nqabfbbtys_dgRgqLHLaI_fo05xpsgopbvjjwcglaoe5desg0vfvolxjbnd3maz9faiigrpgndxdhnop9d.jpg)
टर्कीएको होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु
![लेखा समिति सभापतिका पूर्व स्वकीय सचिवविरुद्ध अदालतमा मुद्दा दर्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/anil_ELYBbONBzn_gy60tavlp4hedeqcomslpnmk0qolnlr23sgqsbkn5qggnr6rzh55w5iznapt_014obKQcaU_cmdlytzn0h0ys2jurhnh2kynfncwhfbreynmi5wbb5h3pg8emh3bi2tyw7zf_qYzz7l8Whs_ciqd5ikrqexwj9c4yqwnjfcajbfinjldly9xter6propao2114aowksih1pk_cWuodklAEw_yunpsg3jvtzujcziibmm9d2sbxmyzdmxlpkwm8ack0c6uhvgnks0klspqola.jpg)
लेखा समिति सभापतिका पूर्व स्वकीय सचिवविरुद्ध अदालतमा मुद्दा दर्ता
![रुपन्देहीमा सकियो रविको बयान, थुनछेक बहस नहुने](https://snowberry.prixacdn.net/media/gallery_folder/rabi-1_xlETno7cYs_kfp0x4x9dhx02ce0gxvgznfqxpi2ii9snn0azbmdov2shbvzvx9frsweqlqj_DPStvYfNgx_smf3cx1k7f9cmpilzv4rf3npphvpb6hhca8hrqmhlhaagom8wzqalnjyit7f.jpg)
प्रतिक्रिया