बालकुमारी घटनाको जाँचबुझ आयोगको म्याद १५ दिन थप
![](https://snowberry.prixacdn.net/media/gallery_folder/mantri-gadi-aaglagi-balkumari-prakas-jwala_fWvEu59KIa_k7a5jog8ug98am8bdbnmylxivkx4fgnpflhea6tctgloesk71endnacysrav_6xzbCC07TS_tzilzjawlwjeymkvmctau0repryjhbww0u95h5rehetujkydehboernccbmp_43sVM168VJ_jeb18fbmg5qsoezhdm5rdckflkelmtxxj6pglyepdyvoprwkrnh757xo8hyh.jpg)
ललितपुरको बालकुमारीमा एक महिना अगाडि भएको घटनाको अध्ययन गर्न सरकारले बनाएको जाँचबुझ आयोगको म्याद १५ दिन थप भएको छ ।बालकुमारीमा गएको पुस १३ गते कोरियाको रोजगारी अनुमति प्रणाली ईपीएस भाषा परीक्षाको विषयमा भएको प्रदर्शनपछि झडप हुँदा दुईजनाको ज्यान गएको थियो भने मन्त्रीको गाडी जलाइएको थियो । यस घटनाको छानबिन गर्न मन्त्रिपरिषद्ले पुस १६ गते गठन गरेको जाँचबुझ आयोगको म्याद १५ दिन थप गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार समितिलाई छानबिनका लागि एक महिनाको म्याद दिइएको भए पनि काम नसकिएकाले म्याद थपिएको हो ।
प्रतिक्रिया