पल्सर स्पोर्ट्स अवार्ड २०७९ को प्रारम्भिक मनोनयन सार्वजनिक

नेपाली खेलकुदको बहुप्रतीक्षित अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पुरुष र महिला खेलाडी विधाको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ । अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आइतबार विज्ञप्ति जारी गर्दै २०औं संस्करणका लागि दुवै विधामा उत्कृष्ट आठ खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । यसपल्ट उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका आसिफ शेख र रोहित पौडेल, एथलेटिक्सका दीपक अधिकारी र मुकेश पाल, भलिबलका मानबहादुर श्रेष्ठ, पौडीका नासिर याहा हुसेन, बुद्धिचालका रूपेश जैसवाल र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् । फुटबलकी अमिशा कार्की, बास्केटबलकी अनुशा मल्ल, पौडीकी डुवाना लामा, एथलेटिक्सका जयरानी थारु, राजपुरा पछाई र पुष्पा भण्डारी, जुडोकी पुनम श्रेष्ठ र ट्रायाथलनकी श्रेवी महर्जन उत्कृष्ट महिला खेलाडीको प्रारम्भिक मनोनयनमा परेका छन् । कुल ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिने अवार्डमा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, पिपल्स चोइस अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा पनि समावेश छन् । यी विधा माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ । यसअघि अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ ।।

प्रतिक्रिया