साउथ क्यारोलिनाको प्रारम्भिक निर्वाचनमा बाइडेनलाई सफलता

साउथ क्यारोलिना राज्यको प्राइमरी चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति जो बाइडेनले जित हात पारेका छन् । अमेरिकामा यो वर्ष हुन लागेको राष्ट्रपति निर्वाचन अघि रिपब्लिकन पार्टीले गरेको निर्वाचनमा बाइडेनले सफलता हासिल गरेका हुन । उनले साउथ क्यारोलिनामा अश्वेत मतदाताको मत पाएका छन् । २०२० मा पनि बाइडेनलाई राष्ट्रपति बनाउन यहाँका मतदाताले महत्त्वपूर्ण भूमिका खेलेका थिए । डेमोक्रेटिक पार्टीका अनुसार साउथ क्यारोलिनामा बाइडेनलाई मतदान गर्ने अश्वेत मतदाताको संख्या २०२० को तुलनामा १३% ले बढेको छ ।  राष्ट्रपतिका लागि बाइडेनले उम्मेदवारी दर्ता गराएको साउथ क्यारोलिना पहिलो राज्य थियो । यसअघि न्यु ह्याम्पशायरमा डेमोक्रेटिक पार्टीको चुनावमा राष्ट्रपति बाइडेनको नाम थिएन । यसका बाबजुद पनि उनले भारी बहुमतका साथ विजयी भएका थिए । निर्वाचन परिणाम पछि बाइडेनले आगामी निर्वाचनमा ट्रम्पलाई पराजित गर्ने विश्वास प्रकट गरेका छन । साउथ क्यारोलिनामा रिपब्लिकन पार्टीको प्राइमरी फेब्रुअरी २३ मा हुनेछ । यसमा निक्की र ट्रम्प आमनेसामने हुनेछन् ।  रिपब्लिकन र डेमोक्र्याट दुवै दलले प्राइमरी र ककस चुनावमार्फत राष्ट्रपतिका उम्मेदवार छनोट गरिरहेका छन् । मार्चदेखि जुनको बिचमा  दुवै दलका उम्मेदवार टुङ्गो लाग्ने बताइएको छ । 

 

प्रतिक्रिया

श्रीलंकन एअरलाइन्सको चरम लापरवाही, खेलाडीहरुको लगेज छोडेर पुग्यो कोलोम्बो( भिडियो सहित)

श्रीलंकन एअरलाइन्सको चरम लापरवाही, खेलाडीहरुको लगेज छोडेर पुग्यो कोलोम्बो( भ…

इजरायल सँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने नेता खामेनीको भनाइ

इजरायल सँगको युद्धमा इरानका सहयोगी पछि नहट्ने नेता खामेनीको भनाइ

मन्त्री भण्डारी द्वारा खाने तेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी

मन्त्री भण्डारी द्वारा खाने तेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी

ओलीको ‘गैंडाज’ र ‘डाँफेज’ शब्दमा मनोज गजुरेलको व्यंग्य: 'काँडेज् भ्याकुर्ज, रातोज् पाण्डाज्'..

ओलीको ‘गैंडाज’ र ‘डाँफेज’ शब्दमा मनोज गजुरेलको व्यंग्य: 'काँडेज् भ्याकुर्ज, रा…

फेसबुकका संस्थापक जुकरबर्ग बने विश्वको दोस्रो धनी व्यक्ति, पहिलो को ?

फेसबुकका संस्थापक जुकरबर्ग बने विश्वको दोस्रो धनी व्यक्ति, पहिलो को ?

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्युपछि विराटनगर तनावग्रस्त, भन्सार कार्यालयमा ढुंगामुढा

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्युपछि विराटनगर तनावग्रस्त, भन्सार कार्यालयमा …

गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात

गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात

अध्यक्ष दाहाल द्वारा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधि सँग छलफल

अध्यक्ष दाहाल द्वारा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधि सँग छलफल