राष्ट्रियसभा अध्यक्षको चुनाव फागुन २९ गते गर्ने तयारी

राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन आगामी फागुन २९ गते गर्नेगरी सम्भावित कार्यसूची तय गरिएको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ । राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले माघ र फागुनका लागि तयार गरेको हो । सङ्घीय संसद् सचिवालयका अनुसार पदावधि सकिएलगत्तै निर्वाचन गर्ने तयारी गरिएको छ । माघ १० गते भएको निर्वाचनबाट राष्ट्रिय सभामा रिक्त हुन लागेका २० मध्ये १९ सदस्य निर्वाचित भइसकेका छन् । एकतिहाइ सदस्य निर्वाचित भएर आएपछि नेकपा माओवादी केन्द्र संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेसले दोस्रो ठूलो दलको हैसियत पाएको छ । सबैभन्दा बढी सदस्य रहेको नेकपा एमाले भने १० सदस्यसहित तेस्रो स्थानमा खुम्चिएको छ ।। 

प्रतिक्रिया