विवाह पञ्चमी महोत्सव अन्तर्गत आज मटकोर विधि गरिँदै

काठमाडौ । जनकपुरमा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज राम र जानकीको मटकोर हुँदैछ । बाजागाजासहित भव्य रुपमा जनकपुरको धार्मिक तथा ऐतिहासिक गंगासागरमा पुगेर राम र जानकीको मिथिला परम्परा अनुसार मटकोर गर्ने गरिन्छ । मटकोरमा राम र सीताको प्रतिकात्मक रुप बनाइएका बालबालिकालाई मटकोरको विधि गर्ने गरिन्छ । त्यहाँ उपस्थित सयौं नरनारीले मटकोर गीत गाउने गर्छन् । गंगासागरमा नित्यदिन साँझ हुने गंगा महाआरती मटकोरको उपलक्ष्यमा दिउँसै हुने गर्दछ । मटकोर सकिएपछि आइतबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी स्वयम्बर र विवाहको काम हुने छ । मंसिर २६ गतेबाट शुरु भएको महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भएको छ भने आज पाँचौँ दिन मटकोर र भोलि छैठौं दिन राम–सीता स्वयंवर तथा विवाह महोत्सव कार्यक्रम हुनेछ । सोमवार रामकलेवा गरेसँगै यस वर्षको विवाहपञ्चमी विधिवत रुपमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया