चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर
चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता भएको छ । आज समिति र लोजिपार्कबीच पाँच वर्षको लागि २ करोड ८८ लाख रकम न्युनतम सट्टापट्टा बहाल र नियमानुसार महशलु बाँडफाँड गर्नेगरी सम्झौता भएको हो । सम्झौता कार्यक्रममा इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बल्खु—दक्षिणकाली सडक चार लेनको बनाउन र निजगढ–काठमाडौ द्रुतमार्गको कार्य चाँडो सम्पन्न गर्न आवश्यक रहेको बताए ।
ट्रान्स नेपालका प्रवन्ध निर्देशक मुकेशकुमार राठीले बन्दरगाह सञ्चालनमा केही चुनौतिहरु रहेपनि त्यसलाई मध्यनजर गरी गृहकार्य शुरु गरिसकेको जानकारी दिए ।
समितिले टेण्डर र प्राविधिक मूल्यांकनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालनको लागि अनुमति दिएको हो ।
पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक
उत्तर कोरियाले करिव ६ सय फोहोरले भरिएका बेलुन सीमा क्षेत्रमा पठाएको दक्षिणको…
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने : गृहमन्त्री लेखक
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ

प्रतिक्रिया