शिर्ष नेताहरू भ्रष्ट भएका कारण आम जनता त्रासित: कृष्ण पहाडी
मानव अधिकार तथा शान्ति समाजका सस्थापक अध्यक्ष कृष्ण पहाडीले मुलुकमा भ्रष्टाचार बढ्नुका साथै सुशासन कायम हुन नसकेको गुनासो गरेका छन । आज रुपन्देहीको बुटवलमा आयोजित कार्यक्रममा उनले शिर्ष नेताहरू भ्रष्ट भएका कारण आम जनता त्रासित हुन पुगेको बताएका हुन । संस्थापक अध्यक्ष पहाडीले सिहदरवार संगै भ्रष्टाचार गाउँ गाउँमा पुगेका कारण संघीयता प्रति जनतामा बितृष्णा जागेको बताए ।
कार्यक्रममा नागरिक समाज, दलका प्रतिनिधि तथा सञ्चारकर्मीहरुले मुख्य दलको नेतृत्व नीति, विधि र सिद्धान्तमा हिडन नसक्दा समस्या बढेको बताए । नीतिगत भ्रष्टाचार नसच्चाएसम्म मुलुक अघि बढन नसक्ने उनीहरुको भनाइ थियो ।
प्रतिक्रिया