राष्ट्रिय सभा निर्वाचन: रिक्त उन्नाईसमध्ये ठुलो दल कांग्रेसले नौ सिट पाउने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/rastiye%25252520sava_CtRgXmHeBI_lx6fbfacnbwdttku8rx7zasbyl2hyolymcxkbqwhlkaxgmyfgqrdyhxn89bw_YHTJZCCkkW_zhwrkyknad0xastuzaklbccni7cxqrfba860pdnoeawiw1cwy0csxy8bxjxw_XCwY6TcTKb_8b3hide1k3zqnfdpapoemrln4gtb2gv708qul2scpcdffgdcc2noup1r0elj_FoKKuSfdMI_b6ck0inzdbxg5619izvfpfsgglg1lbq6gcqtdhjevdm466vtrvv7mzfljzrq.jpg)
आगामी माघ एघार गते हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले साझा उम्मेदवार उठाउने तयारी गरेका छन । निर्वाचन हुने १९ सिटमा दलहरुविच लगभग सहमति जुटिसकेको नेताहरुले बताएका छन । नेताहरुका अनुसार सत्ता गठबन्धन सम्बद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच सिट बाँडफाँट हुने भएको हो । जसमा कांग्रेसले नौ, माओवादी केन्द्रले छ, एकीकृत समाजवादीले तीन र जसपाले १ पाउने गरी सहमति जुटेको बताइएको छ । फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । कोशी प्रदेशबाट २ , मधेस प्रदेशबाट २ , बागमती प्रदेशबाट ४ , गण्डकी प्रदेशबाट ३ , लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ ।।
प्रतिक्रिया