गाजामा हमासले बन्धक बनाएका थप आठ बन्धक रिहा

इजरायल र हमासबीचको जारी युद्धविराम थप गर्ने विषयमा भइरहेका छलफल सकारात्मक देखिएको छ । कतारको मध्यस्थतामा जारी छलफललाई निश्कर्षमा पु¥याउन अमेरिकाले समेत जोड दिइरहेको छ । नागरिकको जीवन रक्षाका लागि पनि इजरायल थप गम्भिर हुनुपर्ने अमेरिकाको भनाइ छ । मध्यपूर्वी मुलुकको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नागरिकको हितका लागि इजरायलले अस्थायी युद्धविरामका लागि लचिलो हुनु पर्ने बताएका हुन । कतार, इजिप्ट र इजरायलसँग अमेरिकाले थप युद्धविरामका लागि वार्ता गरिरहेका ेछ । यसैबीच अस्थायी युद्ध विरामको छैटो र सातौं दिन हमासले दश जना नागरिक मुक्त गरेको इजरायलले जनाएको छ । इजरायलले भने ३० प्यालेस्टिनीलाई रिहा गरेको छ । हमासले एक जना बन्धक रिहा गरेबापत इजरायलले तीन जना प्यालेस्टिनी कैदीलाई छाड्ने सहमति भएको थियो । युद्धविरामकै बीच इजरायलको पश्चिम जेरुसेलमको एउटा बस स्टेसनमा दुई प्यालेस्टाइनी बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीनजनाको मृत्यु भएको छ । घटनामा कयौं मानिस घाइते भएको भनिए पनि संख्या यकिन गरिएको छैन। आक्रमणकारी इजरायली सेनाको कारबाहीमा मारिएका छन । हमास र इजरायलबीच बन्धकहरूलाई लिएर भएको सम्झौता गएको शुक्रवारदेखि लागू भएको हो । अक्टोबर ७ तारिखमा इजरायलमा हमासले गरेको आक्रमणमा १ हजार दुई सय सय जनाको मृत्यु भएको थियो । सो क्रममा उसले दुई सय ४० जनालाई बन्धक बनाएको थियो । त्यसयता इजरायलको प्रतिआक्रमणमा झन्डै छ हजार बालबालिकासहित १४ हजार आठ सय जनाभन्दा धेरै मानिस मारिएका छन ।।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_LMLDDO2jZt_pgvkkigrdvdu5vio5v2hf9uokvuoyu3hdrdtzxvrqqkqqjaaoqvflfmjh8l9.jpg)
प्रतिक्रिया