सरकारी पुर्वाधार निर्माणमा कम उमेरका वालवालिक श्रमीक

पर्वतमा सरकारी पुर्वाधार निर्माणमा कम उमेरका वालवालिकाहरुलाई श्रमीकको रुपमा काममा लगाउने गरिएको पाइएको छ । जिल्लामा निर्माण व्यवसायीले  एघार  वर्ष देखी  १५  वर्षसम्मका वालवालिकालाई काममा लगाइरहेको पाइएको हो । बाहिरी जिल्लावाट आएर धेरै बालबालिका पर्वतमा निर्माणका काम गरिरहेका हुन । 
पर्वतका दुई दर्जन भन्दा बढी सडक निर्माणमा कम उमेरमा बालबालिकाले काम गरिरहेको देखिएको हो । बालबालिकालाई पढने उमेरमा काममा लगाउन नहुने आवाज उठेपनि त्यसको सुनुवाइ भएको छैन । 
कतिपय बालबालिका गुजारा चलाउन नसक्ने अवस्थामा बाल श्रममा लाग्ने गरेका छन । बालबालिकालाई काममा लागाईको पाईएमा उमेर र समय अनुसार कार्वाही र कैदको कानुनी व्यवस्था भएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । 

प्रतिक्रिया