थप हिमशृङ्खलामा आरोहण खोल्ने सरकारको तयारी

सरकारले पर्वतीय पर्यटन विकास र प्रवर्धन गर्न थप हिमालमा आरोहण खोल्ने तयारी गरिरहेको छ । संशोधनको प्रक्रियामा रहेको पर्यटन ऐनमा पर्वतारोहण र पर्वतीय पर्यटनलाई समेटेर हालसम्म खुला नगरिएका हिमशृङ्खला खुलाउने सरकारको तयारी हो । हाल सरकारले ४ सय १४ हिमाल आरोहणका लागि खुला राखेको छ । गुरुङले पर्यटकीय गतिविधि बढाउन पाँच हजार आठ सय मिटरदेखि आठ हजार मिटरसम्मका थप हिमाल आरोहण खुला गर्ने प्रयास भैरहेको हो । पर्वतारोहण संघले पर्यटन मन्त्रालयलाई थप नयाँ १ सय ७३ वटा हिमाल खुला गर्न सुझाव दिएको छ । पर्यटन विभाग र संघले छुट्टाछुट्टै हिमालका लागि आरोहण अनुमति दिँदै आएका छन् । सरकारले संघलाई २७ वटा हिमाल व्यवस्थापनको जिम्मा दिएको छ । यसमा पनि छ हजार पाँच सयभन्दा कम उचाइ भएका हिमाल पर्छन् । बाँकी ३ सय ८७ वटा हिमालको व्यवस्थापन र अनुमति दिने काम विभागबाट हुँदै आएको छ । नेपालमा पाँच हजार ८०० मिटरभन्दा अग्ला एक हजार ७ सय ९२ वटा चुचुरा छन् । यीमध्ये ४०८ वटा हिमाल आरोहणका लागि खुला गरिएका छन् । हाल एक हजार ३ सय ८४ वटा हिमाल आधिकारिक रूपमा खुला छन । 

प्रतिक्रिया