ऋण मुक्त भयो आयल निगम

नेपाल आयल निगम ऋण मुक्त भएको छ । करिब ५० अर्ब रुपैयाँ रहेको निगमलै सबै ऋण चुक्ता गरेको हो । सरकारलाई बुधबार अन्तिम किस्ता बापतको ७० करोड रुपैयाँ बुझाएसँगै निगम ऋण मुक्त भएको हो । पेट्रोलियम पदार्थ खरिद बापतको २४ अर्ब रुपैयाँ यसअघि नै निगमले चुक्ता गरिसकेको थियो । पछिल्लो समय उसले नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋणपनि चुक्ता गरेको हो । ऋण चुक्ता गरेपनि पनि निगमले मुल्य समायोजन भने गरेको छैन । निगमले अहिले निगमले पेट्रोलमा ३ रुपैयाँ र डिजेलमा २ रुपैयाँ नाफा लिँदै आएको छ । निगमले असारदेखि स्वचालित मूल्य प्रणाली लागू गरेपनि असोजदेखि त्यो प्रणाली कार्यान्वयनमा ल्याइएको छैन । स्वचालित मूल्य प्रणाली कार्यविधिअनुसार बिक्री मूल्य निर्धारण गर्दा पेट्रोलमा २ दशमलव ५ प्रतिशत र डिजेलमा २ प्रतिशत मात्र मुनाफा निगमले राख्ने गरेको छ ।।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_LMLDDO2jZt_pgvkkigrdvdu5vio5v2hf9uokvuoyu3hdrdtzxvrqqkqqjaaoqvflfmjh8l9.jpg)
प्रतिक्रिया