हमास र इजरायलविच युद्धविराम मध्यस्तताका लागि अमेरिकी विदेशमन्त्री तेल अभिभमा
इजरालय र हमास विद्रोही विच थप गरिएको युद्ध विरामको समयसीमा सकिनै लाग्दा म्याद थप्ने विषयमा वार्ता भइरहेको छ । दुई पक्षबीच विस्तारित युद्धविराम गएराति सकिएको छ । ६ दिनको अस्थायी युद्धविराम सकिएलगत्तै यसको विस्तारका लागि पहल शुरु भएको हो । कतारको मध्यस्तकर्तामा भइरहेको वार्तामा म्याद लम्ब्याउने प्रयास भइरहेको हो । युद्धविरामको छैठौं दिन गएराति हमासले १४ जनालाई रिहा गरेको छ । इजरायलका अनुसार रिहा भएकामध्ये १० जना इजरायली छन् भने ४ जना थाई नागरिक छन् । यता, इजरायलबाट भने ३० जना प्यालेस्टाइनी बन्दी रिहा भएका छन् । यसअघि कब्जा गरिएको वेस्ट बैंकको जेनिन सहरमा इजरायली आक्रमणबाट ८ र १४ वर्षका दुई बालकको गोली हानी हत्या गरिएको छ । यस विषयमा भने इजरायलले कुनै प्रतिक्रिया दिएको छैन । यसैविच अमेरिकी शीर्ष कुटनीतिज्ञ एन्टोनी ब्लिन्केन इजरायल पुगेका छन । अक्टोबर ७ तारिखमा इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध शुरु भएयता तेस्रो शीर्ष भ्रमणका क्रममा उनी तेल अभिभमा पुगेका हुन । ब्लिन्केनले गाजा पट्टीका लागि अस्थायी युद्धविराम विस्तार र मानवीय सहायता बढाउनेबारे पहल गर्ने बताइएको छ ।
प्रतिक्रिया