सुत्केरी मृत्युको घटनालाई लिएर डाक्टरमाथि कुटपिट

बुटवलको आम्दा अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्युको घटनालाई लिएर डाक्टरमाथि कुटपिट भएपछि अस्पतालको आकस्मिक वाहेकका सेवा बन्द भएको छ । अस्पतालमा शान्ति सुरक्षाका लागि प्रहरी तैनाथ गरिएको छ । सुत्केरी मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरूले सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि कुटपिट गरेका छन् । मंगलबार दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठुलो लुम्पेककी ३२ वर्षीया भवानी रास्कोटीको मृत्यु भएसँगै विवाद उत्पन्न भएको हो । समस्या सामाधान गर्ने छलफलका क्रममा विवाद बढेपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक मेसु डा बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ । मृत महिलाको सव अस्पताल परिसरमा सब बहानमा राखिएको छ ।लुम्बिनी चिकित्सक सङ्घका सचिव डा सन्तोष पोखरेलले उपचार गर्ने चिकित्सकमाथि हातपात हुनु दुभाग्यपूर्ण भएको बताए । चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसँग आफूहरू उपचार रोकेर विरोध गर्ने बताए । कुटपिटबाट घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भैरहेको वताईएको छ । इलाका प्रहरी कार्यालय बुटवलले चिकित्सकलाई  हातपात गर्ने केहिलाई  नियन्त्रण लिएको  जनाएको  छ। मृतकका आफन्तले क्षतिपूर्ति बापत मागेको रकम र समस्या समाधानका बिषयमा अस्पताल ब्यवस्थापन समिति र सरोकारवालाको बैठक बसिरहेको छ  । 

प्रतिक्रिया