विरामीको मृत्यु भएपछि आफन्तद्धारा लमजुङ जिल्ला अस्पतालमा तोडफोड

उपचारको क्रममा विरामीको मृत्यु भएपछि जिल्ला अस्पताल लमजुङमा मृतकका आफन्तले आज तोडफोड गरेका छन । अस्पतालमा भर्ना भएकी मस्र्याङ्दी गाउँपालिका ९ कि २६ बर्षिया सुत्केरी शोभा बिकको मंगलबार अस्पतालमा शल्यक्रिया गरिएको थियो । मृत बच्चाको जन्म दिएकी बिकको रक्तश्राव नरोकिएपछि अस्पतालले थप उपचारका लागि चितवन पठाएकोमा उनको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन । घटनाको विषयमा अस्पताल प्रशासन र पीडितविच छलफल चलिरहेको समयमा आफन्त र स्थानीयले अस्पतालमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणपछि अस्पतालमा उपचार सेवा प्रभावित भएको छ । स्थिती नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।। 

 

प्रतिक्रिया