नक्कली शरणार्थी प्रकरणमा आजबाट सरकारी वकिलले बहस गर्ने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/nakkali%2520bhutani%2520saranarthi_4Dbr1s4QBI_kvrfce4dcrtkraxug03b6klwdgfipvso8qva1bytfnb4y1ynnhv2nhxyiwaj_AkTpOfIcz0_xcukhvl0bwkap1ygj2qruy9g7ujwk4g7fytld6nlrkrp0n9dtznahzozwkjo.jpg)
नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट सरकारी वकिलले बहस गर्ने भएका छन् । काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरवलोकन निवेदनमाथिको सुनुवाइमा उच्च अदालत पाटनमासरकारी वकिलले बहस गर्ने भएका हुन । सरकारी वकिलको बहस सकिएपछि शुक्रबारसम्म आदेश आउन सक्ने सम्भावना छ । मंगलबारसम्म नक्कली भुटानी शरणार्थी प्रकरणका २२ प्रतिवादीको बहस सकिएको छ । उनीहरूको बहस सकिएसँगै आजदेखि सरकारी वकिलले बहस गर्ने छन् । पाटन उच्च अदालतमा काठमाडौं जिल्ला अदालत काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथि गत सातादेखि बहस भैरहेको छ । काठमाडौं जिल्ला अदालतले यसअघि १६ जनालाई थुनामा राख्ने आदेश दिएपद्धि आरोपीहरुले पुनरावलोकन निवेदन दिएका हुन ।
प्रतिक्रिया