चिसोका कारण भूकम्पप्रभावित दुईजनाको मृत्यु
![](https://snowberry.prixacdn.net/media/gallery_folder/tirpal-bhukampa-1024x576-(2)-1699925754_m7HHB9NB7N_tekmncalqvi67qczzt5auqubkeolrb65sadxvr5kpseqntjcgfjzktpme0s9_PlXha22MGH_bq15afozdmezbtlvxxckwkk5jzxfq23qahdchc5izehhrmfhqjoqngi8qb9m_6jgaVY7OKB_wjymkpv7obsscananfabgvqmmcghoudg3odqokmi8vxulnwckk6a55c342uy_tTJwnF6P5N_xmvkmtrhec2ovet7vgdyxrj8cgyorbrr8ijzgmyryljlhsbqefihmy8wplnz_DjrQTX1kFy_y9bgxl45omfok468l52c9o31h16bgz8hcy1gimf5g52ec4klrhhhs6dva7jr.png)
चिसोका कारण रुकुम पश्चिमका भूकम्पप्रभावित दुईजनाको मृत्यु भएको छ। जिल्लाको आठबिसकोट नगरपालिका १४ पिपलचौरका ६२ वर्षीय खगीजैसी र ६४ वर्षीय टिके जैसीको चिसोका कारण मृत्यु भएको हो । स्थानीय मनसुरी खड्काका अनुसार भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि बसिरहेका सामान्य अवस्थाकी खगीको मंगलबार अपराह्न मृत्यु भएको हो । अर्का दमका रोगी टिकेको आइतबार मृत्यु भएको हो । कात्तिक १७ गते बारेकोट गाउँपालिका ०१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलब ४ रेक्टरस्कलको भूकम्पले घर भत्किएकाले सो वडाका अधिकांश त्रिपालमुनि बसिरहेका छन् । चिसोका कारण आठबिसकोटका अधिकांश बिरामी परेका छन्। तुसारो र हिमपात हुने समय आएकोले तत्काल अस्थायी आवास निर्माणका लागि पहल गर्न स्थानीयवासीले सरकारलाई आग्रह गरेका छन् । चिसोबाट बचाउन थप राहत पठाउनपनि उनीहरूको माग छ । जाजरकोट भूकम्पपछि त्रिपालमा रात बिताउँदै आएका १६ जनाको चिसोका कारण मृत्यु भैसकेको छ । कात्तिक १७ गते को भुकम्पवाट १ सय ५४ जनाको मृत्यु भएको थियो भने ३ सय ४६ जना घाइते भएका थिए ।।
प्रतिक्रिया