हिमालय रोडिज-५ को उपाधि सञ्जिप राईलाई

हिमालय रोडिज सिजन ५ को उपाधि सञ्जिप राईले हात पारेका छन । सोमवार साँझ सम्पन्न ग्राण्ड फिनालेमा खोटाङका राईले उपाधिसँगै १० लाख रुपैयाँ नगद र यामहा मोटरसाइकल समेत प्राप्त गरेका हुन । उपविजेता विश्व मगरले ५० हजार रुपैयाँ पाएका छन् । कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंका कार्कीले आफूलाई शोमा सुहाउँदैन, गर्न सक्दैन भन्ने टिकाटिप्पणी आएपनि काम गर्दै गएपछि सहज र रमाइलो लागेको बताइन ।  
ग्रिन ग्याङ अर्थात टिम लाउरे दुवैजना प्रतिष्पर्धी उपाधिका लागि भिडेका थिए । हिमालय रोडिजको इतिहासमा एउटै समूहबाट दुई जना फाइनलिस्ट बनेको यो पहिलो पटक हो । 

प्रतिक्रिया