दक्षिण कोरियाले आगामी वर्षदेखि पाँच क्षेत्रमा नेपाली कामदार लैजाने

दक्षिण कोरियाले आगामी वर्षदेखि पाँच क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । सन् २०२४ देखि कोरियाले नेपालबाट सेवा क्षेत्रको रेष्टुरेन्ट, होटल, हस्पिटल, वन पैदावारलगायत अन्य क्षेत्रमा नेपाली कामदार लैजाने भएको ईपीएस कोरिया शाखाले जनाएको छ । कोरिया सरकारले सन् २०२४ मा करिब १४ हजार कामदार लैजाने तय भएको हो । सन् २००८ मा श्रम सम्झौता गरेको दक्षिण कोरियाले हालसम्ममा कृषि क्षेत्र तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा मात्र कामदार लिँदै आएको थियो । कोरियाले आगामी दिनमा निर्माण र सेवा क्षेत्रमा पनि कामदार लैजाने सम्झौता गरेको हो । गत वर्ष सीप बिल्डिङमा कामदार लैजाने आवेदन खुलाएर परीक्षा गराएको थियो। यसको नतिजा सोमबार सार्वजनिक भएको छ । ३२ हजार सहभागी भएको सीप बिल्डिङ परीक्षामा ४ हजार ९८ जना मात्र उत्तीर्ण भएका छन ।  ईपीएस कोरिया शाखाले आगामी साता उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुलाउने तयारी गरेको छ । हाल कोरियामा करिव ५० हजार हजार नेपाली रोजगारीमा कार्यरत छन । ईपीएसमार्फत ७० हजार नेपाली रोजगारीका लागि कोरिया पुगेको शाखाको तथ्यांकमा उल्लेख छ । 
 

प्रतिक्रिया