BREAKING:
पर्वतका स्थानीय तहमा भएका विकास निर्माणका काममा अनियमिता एनआरटी क्लव केपी ओली कप फुटबलको फाइनलमा नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाको अन्तर्राष्टिय सम्मेलन सुरु रसिया-युक्रेन युद्धमा फसेका नेपालीबारे संसदमा छलफल गर्न राप्रपाद्धारा जरुरी महत्वको प्रश्ताव दर्ता चीनले मासु निर्यातमा खोज्यो गुणस्तरीयताको सुनिश्चितता संसदीय समितिको निर्देशन सरकारले कार्यान्वयन नगरेकोमा सांसदहरुको असन्तुष्टि जिम्मेवारी पन्छाएर राज्यलाई क्षति गराउने व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक: प्रधानमन्त्री देउवाले छलफलका लागि डाके उपसभापति र महामन्त्रीलाई व्यवस्थापक र बैंकका कर्मचारी पक्राउ परेकोमा बैंकर्स संघहरुको आपत्ति डाक्टरहरुले काम छोडेपछि दक्षिण कोरियाको स्वास्थ्य सेवा अस्तव्यस्त ६ महिनामा विद्युत् प्राधिकरणद्धारा १५ अर्ब ३६ करोड नाफा आर्जन माओवादी केन्दले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने लुम्बिनी प्रदेशको सुस्ता गाउँपालिकालाई गण्डकीमा सार्न एमालेको प्रस्ताव बारा वर्कसप विस्फोटको अनुसन्धान सुरु, प्रोजेक्टाइल हुनसक्ने आशंका नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनिन् रोजिता बुद्धाचार्य संसद सुन चोर, ठेकेदार, फाटाहा र स्पोन्सटरहरुको अखडा बन्यो: पूर्व सभामुख ढुंगाना काठमाडौंका कतिपय स्थानका फुटपाथमा हिँड्नसमेत प्रतिबन्ध

विश्वको सय प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्शना कपाली

बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा नेपालकी रुक्शना कपाली पनि परेकी छिन् ।  सन् २०२३ का लागि विश्वका विभिन्न देशका एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रूपमा कार्यरत रुक्शना पनि परेकी हुन् । बीबीसीले सूची जारी गर्दै रुक्सानाले लैंगिक तथा यौनिकताका विविध आयामबारे आफैं सिक्दै गएको जनाएको छ । बीबीसीले सन् २०२३ का लागि विश्वभरीबाट एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । नेवा समुदायकी रुक्शना पारलैंगिक अर्थात ट्रान्सजेन्डर महिला हुन् । साथै नेपालमा लैंगिक अल्पसंख्यक समुदायको कानुनी तथा संवैधानिक अधिकारका लागि काम गरिरहेकी छन् । उनले त्रिभुवन विश्वविद्यालयमा स्नातक तहमा भर्ना हुन कानुनी लडाईसमेत लडेकी थिइन् । अधिकारका लागि उनले लडेको कानुनी लडाई र संघर्षलाई सम्मान गर्दै बीबीसीले यस वर्ष उनलाई विश्वका प्रभावशाली तथा प्रेरक महिलाको एक सय सूचीमा समावेश गरेको जनाएको छ । एक सय महिलाको सूचीमा मानवअधिकार मामिलाकी वकिल अमाल क्लूनी, हलिउड अभिनेत्री अमेरिका फरेरा, अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामा, ब्युटी बिजनेस सुरु गर्ने हुडा कातान र बलेन डि’ओर उपाधि जित्ने फुटबलर ऐताना भनमतिसमेत परेका छन् । सन् २०१३ यता बीबीसीले राजनीति, उद्यम, कला, साहित्य, सेवाजस्ता क्षेत्रमार्फत् महिला सशक्तीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने संसारभरका सय महिला छनौट गरी प्रत्येक वर्ष यस्तो सूची सार्वजनिक गर्दै आएको छ ।
 

प्रतिक्रिया