चिसोका कारण थप एक भूकम्प पीडित शिशुको मृत्यु
जाजरकोटमा भूकम्प प्रभावित चिसोले थप पीडित भएका छन् । चिसोका कारण थप एक जनाको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनकी एक महिने छोरी निरुताको चिसोका कारण ज्यान गएको हो । जाजरकोट र रुकुममा चिसोका कारण ज्यान गुमाउने भूकम्प पीडितको संख्या १२ जना पुगेको छ । त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । भेरी नगरपालिका १ र २ मा मात्र २५ जनाभन्दा धेरै बालबालिका बिरामी परेका छन् । विनाशकारी भूकम्प गएको करिब दुई हप्ता बिते पनि अस्थायी टहरा नपाएपछि पीडितहरू त्रिपालमुनि बस्नु परेको छ । कात्तिक १७ गते मध्यरात गएको भूकम्पले घर भत्किएर घर वास विहीन भएका सर्व साधारण त्रिपालमुनि बस्नु परेको हो । सरकारले तत्काल अस्थायी टहरा निर्माण गरी पीडितलाई जाडोबाट जोगाउने प्रतिबद्धता गरे पनि टहरा निर्माणमा ढिलाइ भएपछि त्रिपालमुनिको बसाई राहतको एकसरो कपडाले भूकम्प प्रभावित क्षेत्रका जनतालाई रात बिताउन समस्या परेको छ । प्रशासनले भने राहत, उद्धार लगायतका काम सकिएकाले आगामी सात गते देखि अस्थायी टहरा निर्माणमा जुट्ने जनाएको छ । गत कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले जिल्लाका ६७ हजार भन्दा बढी व्यक्ति विस्थापित भएका छन् । पीडितहरू बढ्दो चिसोमा त्रिपालमुनि रात कटाइरहेका छन् । सरकारी तवरबाट भत्केका घरहरूको भग्नावशेष पन्छाउने काम सुस्त भइरहँदा विभिन्न राजनीतिक दलले स्वयंसेवक परिचालन गरी भूकम्पमा भत्किएका घर तथा सरकारी कार्यालयबाट ढुङ्गा, माटो र काठहरू पन्छाइरहेका छन् ।।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया