रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । बिहान चौरजहारी नगरपालिका–८ को गोइरीज्युलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा जीपमा रहेका सबै घाइते भएका हुन । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ । सामान्य घाइतेको चौरजहारी अस्पतालमा उपचार भैरहेको छ । गम्भीर घाइते पाँच जनालाई हेलिकप्टरमार्फत थप उपचारका लागि बाहिरी जिल्ला लैजाने तयारी भइरहेको छ । सिकिस्त घाइतेमध्यका दुई जनालाई भने एम्बुलेन्समार्फत सुर्खेत पठाइएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १० खोला गाउँबाट जिल्ला सदरमुकाम मुसिकोटका लागि छुटेको जीप दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया