अर्थतन्त्रबारे छलफल गर्न प्रधानमन्त्री दाहालले बोलाए बैठक
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Pm_Prachanda111_9nL5QTGRSw_UUqheuV24p_zd06weww7o1u5ubw0grb2wrhsectwoyh6umbb3yi13cvp6v7mhxghlo1tbe2_2BjKa1TP8q_jgla90drr6zgumbeas97u0c3q9r4wtts7t61gzuxnigz0nfaezpftusgiorh_guzu6e7uwK_ksizvr6jhxiv3i77h8emkhvxme9qya9ruvyf9lxejfnrfcgal0o2c7zrvdee.jpg)
मुलुकको अर्थतन्त्रको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल आज बैठक बोलाएका छन । अर्थतन्त्रको वर्तमान अवस्था र चाल्नुपर्ने कदमका विषयमा सरकारी निकायबीच छलफल गर्न प्रधानमन्त्रीले अपराह्न चार बजे बैठक बोलाएका हुन । छलफलमा अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधि सहभागी हुने बताइएको छ । ‘अर्थतन्त्र सुधारका विषयमा निजी क्षेत्रसँग बृहत् बैठकका लागिरु पूर्व तयारी स्वरूप प्रधानमन्त्रीले सरकारी अन्तरनिकायका प्रतिनिधसँग छलफलल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया