जोकोभिच एटीपी फाइनल्स टेनिसको फाइनलमा
एटीपी फाइनल्सको सेमिफाइनल खेलमा कार्लोस अल्काराजलाई हराउँदै विश्व नम्बर वान नोभाक जोकोभिचले फाइनल यात्रा तय गरेका छन् । उनले एटीपी फाइनलको उपाधिका लागि यान्निक सिनरसँग प्रतिस्पर्धा गर्ने छन । गएराति भएको खेलमा जोकोभिचले पहिलो खेलमा ६–३ को सेटमा जिते । त्यसैगरी, दोस्रो सेटमा अल्काराजलाई ६–२ ले हराउँदै उनी उपाधि नजिक पुगेका हुन । हारसँगै २० वर्षका कार्लोस अल्काराज भने प्रतियोगिताको सबैभन्दा युवा फाइनालिस्ट बन्न चुकेका छन । २४ पटकको कीर्तिमानी ग्रान्डस्लाम विजेता जोकोभिच सातौं एटीपी उपाधि जित्ने लक्ष्यमा छन । गएरातिकै अर्को सेमिफाइनलमा भने सिनरले ड्यानियल मेद्भेदेभलाई ६–३, ४–६ र ६–१ को सेटमा हराउँदै फाइनलको यात्रा तय गरेका हुन । समूह चरणको खेलमा भने जोकोभिचले हुर्काजसँग २–१ को सेटमा हार ब्यहारेका थिए ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया