चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन गृह सचिवको आग्रह
गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले आन्दोलन फिर्ता लिन चिकित्सकहरूलाई आग्रह गरेका छन् । शुक्रवार शिक्षा, स्वास्थ्य तथा सञ्चार प्रविधि समितिको बैठकमा आन्दोलनरत चिकित्सकहरूलाई सम्बाेधन गर्दै सरकारले माग पूरा गरेकोले आन्दोलन फिर्ता लिई उपचारमा फर्कन आग्रह गरे । विभिन्न अस्पतालमा चिकित्सक कुटपिटमा संलग्न व्यक्तिलाई ८ घण्टाभित्र पक्राउ गरि कारबाही प्रक्रिया अघि बढाएको बताउँदै आन्दोलनरत चिकित्सकले उठाएका आधारभूत माग सरकारले पूरा गरिसकेको बताए ।
सचिव भट्टराईले भने– ‘तपाईँहरूले उठाएका अधिकांश माग पूरा गरेका छौँ । केही अराजक मान्छे विरुद्ध गरेको आन्दोलनका कारण अरू बिरामीहरू पीडित बन्नुपरेको कुरातिर तपाईँहरूको ध्यान पुगेको छ कि छैन ? मूल अपराधी पक्राउ गरी तपाईँहरूको माग पूरा गरेकोले अब आन्दोलन फिर्ता लिनुस् ।समितिको बैठकमा चिकित्सकहरूका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूले सरकारसँग सुरक्षाको माग गरेका छन् ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया