विवाह समारोहमा आगलागी हुँदा इराकमा बेहुला बेहुलीसहित सय जनाको मृत्यु

उत्तरी इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ । १ सय ५० जनाभन्दा धेरै घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागीमा दुलहा र दुलहीको समेत मृत्यु भएको छ । भोज सुरु भएर सयौँ मानिसले उत्सव मनाउन थालेका बेला आगलागि सुरु भएको थियो । इराकको उत्तरी निनेवेह प्रान्तको अल–हमदानिया जिल्लामा मंगलबार साँझ पौने ८ बजे आगलागी भएको हो । आगलागी के कारणले भएको हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । तर, प्रारम्भिक रिपोर्टहरूले आतिशबाजी गरेपछि आगलागी भएको बताइएको छ । इराकी समाचार एजेन्सी नीनाले पोस्ट गरेको तस्बिरले अग्नि नियन्त्रकहरूले आगो निभाइरहेको देखाएको छ । सामाजिक सञ्जालमा स्थानीय पत्रकारहरूका तस्बिरहरूले कार्यक्रम हलको जलेको अवशेष देखाएका छन् । इराकका प्रधानमन्त्रीले अधिकारीहरूलाई दुर्भाग्यपूर्ण घटनाबाट प्रभावितहरूलाई राहत उपलब्ध गराउन सबै प्रयासहरू परिचालन गरिएको बताएका छन ।
बैंकले बढी ब्याज लिए राष्ट्र बैंकमा गुनासो गर्न गभर्नर अधिकारीको आग्रह

केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशलाई

टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै

पूर्व यूवराज्ञी हिमानीे अन्र्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित

प्रतिक्रिया