BREAKING:
पर्वतका स्थानीय तहमा भएका विकास निर्माणका काममा अनियमिता एनआरटी क्लव केपी ओली कप फुटबलको फाइनलमा नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाको अन्तर्राष्टिय सम्मेलन सुरु रसिया-युक्रेन युद्धमा फसेका नेपालीबारे संसदमा छलफल गर्न राप्रपाद्धारा जरुरी महत्वको प्रश्ताव दर्ता चीनले मासु निर्यातमा खोज्यो गुणस्तरीयताको सुनिश्चितता संसदीय समितिको निर्देशन सरकारले कार्यान्वयन नगरेकोमा सांसदहरुको असन्तुष्टि जिम्मेवारी पन्छाएर राज्यलाई क्षति गराउने व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक: प्रधानमन्त्री देउवाले छलफलका लागि डाके उपसभापति र महामन्त्रीलाई व्यवस्थापक र बैंकका कर्मचारी पक्राउ परेकोमा बैंकर्स संघहरुको आपत्ति डाक्टरहरुले काम छोडेपछि दक्षिण कोरियाको स्वास्थ्य सेवा अस्तव्यस्त ६ महिनामा विद्युत् प्राधिकरणद्धारा १५ अर्ब ३६ करोड नाफा आर्जन माओवादी केन्दले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने लुम्बिनी प्रदेशको सुस्ता गाउँपालिकालाई गण्डकीमा सार्न एमालेको प्रस्ताव बारा वर्कसप विस्फोटको अनुसन्धान सुरु, प्रोजेक्टाइल हुनसक्ने आशंका नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनिन् रोजिता बुद्धाचार्य संसद सुन चोर, ठेकेदार, फाटाहा र स्पोन्सटरहरुको अखडा बन्यो: पूर्व सभामुख ढुंगाना काठमाडौंका कतिपय स्थानका फुटपाथमा हिँड्नसमेत प्रतिबन्ध

सुरक्षाको माग गर्दै डाक्टर एवम् स्वास्थ्यकर्मी आन्दोलित

चिकित्सकमाथि भइरहेको आक्रमण विरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले आन्दोलन थालेका छन् । उनीहरुले सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । काठमाडौंका विभिन्न अस्पतालवाट र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको टोली माइतीघर मण्डलादेखि नयाँ वानेश्वरम्म प्रदर्शन गरेका हुन । बानेश्वर निषेधित क्षेत्र सडकमा प्रवेश गर्न खोजेपछि प्रहरीसंग सामान्य झडप समेत भएको छ । 
सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारमा सग्लन चिकित्सकमाथि कुटपिट भएपनि स्वास्थ्यकर्मी आन्दोलित भएका हुन । प्रदर्शनमा सहभागी स्वास्थ्यकर्मीले सुरक्षा दिन नसकेको भन्दै गृह र स्वास्थ्यमन्त्रीको राजीनामा समेत मागेका छन । माग पूरा नभएसम्म आन्दोलन जारी रहने चिकित्सकको भनाइ छ । 
डाक्टर तथा स्वास्थ्यकर्मी कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने माग पनि चिकित्सकको छ । 
यसअघि गएको २७ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डक्टर प्रशान्त बिडारीमाथि कुटपिटपछि चिकित्सक संघले भदौ ३१ गते देशभर अस्पताल बन्द गरेर आन्दोलन गरेका थिए । दोषीलाई कारबाही गर्ने सहमतिपछि चिकित्सक काममा फर्केको केही समयमा पुन अर्को घटना भएको हो ।  
 

प्रतिक्रिया