BREAKING:
सुन तस्करी छानबीनका लागि उच्चस्तरीय जाँचबुझा आयोग गठन पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता सहज ढंगले यातायात चल्ने बातावरण बनाउनुपर्छ: गृहमन्त्री श्रेष्ठ यस वर्षको मदन पुरस्कार उपन्यास ’ऐँठन’लाई माल्दिभ्सको राष्ट्रपति निर्वाचनमा मोहोमद मुइजु निर्वाचित नेपाल विद्युत प्राधिकरणले पायो भारतमा पनि विद्युत् बिक्रीको अनुमति ला लिगामा बार्सिलोनाको जित, सर्जियो रामोसको आत्मघाती गोलका कारण सेभिया १–० ले पराजित अमेरिकाको न्युयोर्कमा शक्तिशाली आँधीपछि आपतकालीन अवस्थाको घोषणा, आँधीपछिको बाढीले सडक र विमानस्थल अस्तव्यस्त आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ, सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु चीन र अमेरिका भ्रमण फलदायी भएको प्रधानमन्त्रीको दाबी सरकार र आन्दोलनरत् राहत शिक्षकबीच पाँच बुदे सहमति संसदीय समितिले दिएका निर्देशन कार्यान्वनयमा सरकारद्वारा अटेर चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन गृह सचिवको आग्रह यौनधन्दा बढदै गएपछि होटलका सञ्चालकविरुद्ध कारबाही शुरु पुराना दललाई चार वर्षभित्र सुध्रन रवि लामिछानेको सुझाव एमसीसी प्रमुख एलिस आइतबाट काठमाडौँ आउने अस्वस्थर खानपान र जीवनशैलीले मुटुरोगको जोखिम नेदरल्यान्ड्समा विद्यार्थीले गोली चलाउदा तीन जनाको मृत्यु कार्यस्थलमा सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीद्वारा आज पनि प्रदर्शन भारतीय सय रुपैयाँभन्दा ठुला दरका नोटको कारोबारमा प्रतिबन्ध चिकित्सा स्नातक तहका लागि कलेजहरुको सिट निर्धारण उपत्यकामा बढ्न थाले भाइरल ज्वरो र डेंगुका विरामी

आज ऋषिपञ्चमी, काठमाडौंको टेक लगायत ऋषेश्वर मन्दिरमा भक्तजनको भीड

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी पर्व आज देशभर मनाइँदै छ । ऋषिपञ्चमीका दिन काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको भीड छ । आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमवारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका तीजको व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ । रजश्वलाका समयमा कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारीलाई रजश्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन,गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन छ । यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो । आज काठमाडौंको टेकु, मुलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ । 

प्रतिक्रिया