सन्दीप लामिछानेको बलात्कार मुद्दाको अन्तिम बहस आज हुँदै

नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको बलात्कार मुद्दाको अन्तिम बहस आज हुँदैछ । यसअघि पटकपटक पेसी चढेर पनि अन्तिम बहस हुन नसक्दा मुद्दाले किनारा पाउन सकेको छैन । यसअघि गत २१ भदौमा पछिल्लो पटक सन्दीपको पेसी रहेको थियो । सो दिन न्यायाधीश शकुन्तला कार्कीको इजलासमा वादीपक्षले दिनभर बहस गरेपछि उनले बसाइँसराइको कागजको ढड्डा झिकाउन आदेश दिएकी थिइन् । सो आदेश अनुसारको ढड्डा अदालतमा आइसकेको छ । आजबाट अन्तिम बहस हुने सम्भावना छ । सन्दीपको मुद्दालाई चाँडो किनारा लगाउन सर्वोच्चले १५ फागुनमा नै निर्देशात्मक आदेश गरेको थियो । तर न्यायाधीशहरूले पुरानै कागजात प्रमाणीकरणमा निरन्तर अन्तिम सुनुवाइ टार्दै आएको भन्दै प्रश्न समेत उठदै आएको छ । काठमाडौं जिल्ला अदालतलाई शीघ्र सुनुवाइ तथा निरन्तर सुनुवाइ का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको पाँच महिना बितिसक्दा पनि मुद्दाले किनारा पाउन सकेको छैन ।
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन्

अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता

सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासन…
हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल

कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यापारीलाई कडा कारबाही हुने

बझाङमा मंगलबार यता एघार पटक भुकम्पको धक्का महसुस

प्रतिक्रिया