BREAKING:
भेप सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध मुद्दा दायर टिस्टा नदीमा आएको बाढीमा परी २३ सैनिक बेपत्ता योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन् अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासनको आग्रह हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यापारीलाई कडा कारबाही हुने बझाङमा मंगलबार यता एघार पटक भुकम्पको धक्का महसुस पूर्वराजा शाहद्वारा बझाङ भुकम्पप्रति दुःख व्यक्त कफ्र्यू लागेपछि नेपालगन्जको अवस्था सामान्य बन्दै धादिङको गजुरीमा ट्रकको ठक्करवाट दुई विद्यार्थीको मृत्यु अमेरिकाको इतिहासमै पहिलो पटक बहालवाला सभामुखको पद खोसियाे एशियाली खेलकुद: नेपाल महिला कबड्डीको सेमिफाइनलमा विजयादशमी टिकाको साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे युवा र उद्योगीलाई आत्मनिर्भर बन्ने वातावरण देशभित्र सिर्जना गर्नुपर्छ: नेपाल सरकारले मुलुकमा संवैधानिक संकट निम्त्याइरहेको छ: ओली बझाङ केन्द्रविन्दु भएर दुई पटक भूकम्पको धक्का सद्भाव र्‍यालीमा ढुङ्गा र इँटा प्रहार हुन थालेपछि नेपालगञ्जमा कर्फ्यु जारी सुन प्रकरणमा चिनियाँसहित तीन जनालाई पक्राउ सुनको मूल्यमा लगातार गिरावट नेपालको आर्थिक वृद्धिमा सुधार हुने विश्व बैंकको प्रक्षेपण एलपी ग्यासमा दक्षिण एसियमै नभएको चर्को कर असुली नेपालमा ढोरपाटन सिकार आरक्षमा सिकारयाम शुरू प्रधानमन्त्री दाहाल र एमसीसी प्रमुख अलब्राइटविच बालुवाटारमा भेटवार्ता विमानस्थलको धावनमार्ग आफ्नो नाममा दर्ता गर्नेले मुआब्जा नपाउने नेपाली सेनाद्वारा सिरहामा रहेको सर्पदंश केन्द्रको स्तरोन्नति डब्लूएचओद्वारा बालबालिकाका लागि औलोविरुद्ध खोप सिफारिस एसियन खेलकुद: सानदार ब्याटिङका बाबजुत नेपाल भारतसंग २३ रनले पराजित अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेश

आवश्यक वस्तुको अभाव हुन नदिन सरकारलाई संसदीय समितिको निर्देशन

शुलभ मुल्य कायम गर्न आग्रह

संसदीय समितिले चिनी, चामल, गहुँलगायतका अति आवश्यकीय खाद्यवस्तुको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबारमा बसेको बैठकले दशैं, तिहारजस्ता चाडपर्वलाई ध्यानमा राखेर अति आवश्यक खाद्य वस्तुहरुको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको हो । त्यसैगरी बैठकले अतिआवश्यकीय खाद्य वस्तुहरुको बिक्री वितरण शुलभ मूल्यका गर्न पनि सरकारलाई सचेत गराएको छ । 
बैठकमा समितिका सदस्यहरुले चाडपर्वका बेला आम उपभोक्तालाई सहज र सुलभ ढंगले अति आवश्यकीय वस्तुहरुको व्यवस्था मिलाउन सरकारलाई सचेत गराएका थिए । 
सरोकारवाला सबै निकायले चाडपर्वका बेला जनतालाई सुलभ र सहज ढंगले आवश्यक वस्तुहरुको व्यवस्था मिलाउने काममा लाग्नुपर्ने आवश्यक्ता सदस्यहरुले औल्याएका हुन । छलफलपछि समितिले बजारको माग अनुसार मूल्य अभिवृद्धि करमा पूरै छुट हुनेगरी अति आवश्यकीय खाद्य वस्तुको आयात गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको माग सम्बोधन हुने गरी तत्काल सहमति दिन पनि अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएको छ । समितिले दशैं, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरेर बजार अनुगमनका लागि सभापति खाँनको नेतृत्वको ४ सदस्यीय समिति पनि बनाउने भएको छ । 

प्रतिक्रिया