एसिया कप क्रिकेटको फाइनलमा आज भारत र श्रीलंका भिड्दै
नेपालसहित ६ टिम सहभागी एसिया कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आज भारत र श्रीलंकाबीच हुँदैछ । नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि खेल सुरु हुनेछ । श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फाइनल खेल तय गरिएको छ । यसअघि सुपर फोरको खेलमा श्रीलंकाले पाकिस्तान तथा भारतले श्रीलंकालाई हराएर दुवै टिम फाइनल पुगेका हुन्। सुपर फोरमा श्रीलंका र पाकिस्तानबीचको खेल निकै रोमाञ्चक मोडमा पुगेर श्रीलंकाले २ विकेटले जितेकको थियो । सोअघि भारतले श्रीलंकालाई ४१ रनले हराएर फाइनलमा पुगेको थियो। प्रतियोगितामा यस वर्ष नेपाल पहिलो पटक सहभागी भएको थियो । नेपाल, अफगानिस्तान, बंलादेश, पाकिस्तान, श्रीलंका र भारतसहति ६ टिमको सहभागिता रहेको प्रतियोगितामा नेपाल र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए । नेपाल दुवै खेल समूह ‘ए’मा भारत र पाकिस्तानसँग हारेको थियो भने अफगानिस्तानलाई बंगलादेश र श्रीलंकाले हराएको थियो ।।

भेप सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध मुद्दा दायर
टिस्टा नदीमा आएको बाढीमा परी २३ सैनिक बेपत्ता
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन्

अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता

सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासन…
हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल

प्रतिक्रिया