BREAKING:
भेप सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध मुद्दा दायर टिस्टा नदीमा आएको बाढीमा परी २३ सैनिक बेपत्ता योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन् अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासनको आग्रह हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यापारीलाई कडा कारबाही हुने बझाङमा मंगलबार यता एघार पटक भुकम्पको धक्का महसुस पूर्वराजा शाहद्वारा बझाङ भुकम्पप्रति दुःख व्यक्त कफ्र्यू लागेपछि नेपालगन्जको अवस्था सामान्य बन्दै धादिङको गजुरीमा ट्रकको ठक्करवाट दुई विद्यार्थीको मृत्यु अमेरिकाको इतिहासमै पहिलो पटक बहालवाला सभामुखको पद खोसियाे एशियाली खेलकुद: नेपाल महिला कबड्डीको सेमिफाइनलमा विजयादशमी टिकाको साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे

एमाले उपाध्यक्ष नेम्वाङको पार्थिव शरीर निजी निवास बालुवाटारमा, मुन्धुम संस्कृति अनुसार अन्तिम श्रद्धाञ्जली अर्पण गरिँदै

काठमाडौ । दिवंगत नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर काठमाडौं बालुवाटारस्थित घरमा लगिएको छ । ललितपुरको च्यासलमा रहेको एमाले पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरलाई आज दिउसो घरमा लगिएको हो । निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । दिवंगत नेम्वाङका दुवै छोरा नेपाल आइपुगेका छन् । नेम्वाङका जेठा छोरा मेङ्सो केही समय पहिले नेपाल आइपुगेका हुन् । यसअघि उनका छोरा सुहाङ नेपाल आइसकेका थिए ।श्रद्धाञ्जली अर्पण गर्नका लागि पार्थिव शरीर हिजो दिउँसोदेखि आज दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालयमा राखिएको थियो । नेम्वाङको अन्त्येष्टि भोलि बिहीवार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपतिमा गरिने भएको छ । नेम्वाङप्रति सम्मान प्रकट गर्न सरकारले भोली सार्वजनिक विदा समेत दिएको छ । प्र्रतिनिधि सभा सदस्य एवम् एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ मंगलबार बिहान आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका थिए । उनलाई मंगलबार बिहान एक बजेर पचास मिनेटमा त्रिवि शिक्षण अस्पतालमा पु¥याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रतिक्रिया