नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा च्यासलमा
भोलि अन्त्येष्टि गरिने
नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ । पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन । त्यसैगरी एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय पुगेका छन् । नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली प्रकट गर्न पूर्वप्रधानमन्त्रीहरु, नेपाल सरकारका मन्त्रीहरू, विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरू च्यासल पुगेका छन् । इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको गए राति हृदयघातका कारण काठमाडौंमा निधन भएको थियो । नेम्वाङको पार्थिव शरीर भोलीसमम पार्टी कार्यालयमा राखिने बताइएको छ । नेम्वाङको अन्तिम संस्कार दुई छोरा विदेशवाट आएपछि गरिने भएको छ । दिवंगत नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट भोलि चार बजे र कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट आज राति ११ आइपुग्ने बताइएको छ । एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपपति रामसहाय यादव र प्रधानमन्त्री पुष्पकमल दाहालले नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।।
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन्

अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता

सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासन…
हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल

कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यापारीलाई कडा कारबाही हुने

बझाङमा मंगलबार यता एघार पटक भुकम्पको धक्का महसुस

प्रतिक्रिया