डिएसपी र परिवारलाई मार्छु भन्नेलाई सरकार समात्दैन, हिंसालाई प्रोत्साहित गरिरहेको छः ओली
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार आफैँले मुलुकमा आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन । पार्टी केन्द्रिय कार्यालय च्यासल ललितपुरमा आयोजित कार्यक्रममा उनले काँग्रेस नेता महेन्द्र यादवमाथि आक्रमण गर्ने र ताप्लेजुङमा प्रहरीलाई मार्छु भन्नेलाई नियन्त्रणमा नलिएर सरकारले आतंककारी गतिविधिलाई प्रोत्साहित गरिरहेको बताएका हुन । काट्छु, मार्छु भनेर समाजमा विद्वेष फैल्याउनेहरुलाई पनि नियन्त्रणमा नलिएर सरकारले तमासा देखाइरहेको अध्यक्ष ओलीको भनाई थियो ।
अध्यक्ष ओलीले जघन्य अपराध गरेकाहरुलाई उन्मुक्ति नदिन आफू नेतृत्वको सरकारले तेजाव आक्रमणविरुद्ध कडा कानून निर्माण गर्नुपरेको बताए । उनले तेजाव आक्रमण बिरुद्ध जागरण अभियान सञ्चालन गर्ने र हिंसा बिरुद्धको अभियानमा साथ दिन सञ्चारकर्मीलाई आग्रह गरे । जातको नाममा, भाषाको नाममा, सम्प्रदायका नाममा, विभिन्न आस्थाका नाममा अनेक ढंगले द्वन्द्व र अस्थिरता मच्चाउन खोजिएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसो हुन नदिने गरी जनचेतना फैल्याउने काम सञ्चारमाध्यमले गर्नुपर्ने अध्यक्ष ओलीले बताए ।
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन्

अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता

सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासन…
हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल

कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यापारीलाई कडा कारबाही हुने

बझाङमा मंगलबार यता एघार पटक भुकम्पको धक्का महसुस

प्रतिक्रिया