BREAKING:
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन् अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासनको आग्रह हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यापारीलाई कडा कारबाही हुने बझाङमा मंगलबार यता एघार पटक भुकम्पको धक्का महसुस पूर्वराजा शाहद्वारा बझाङ भुकम्पप्रति दुःख व्यक्त कफ्र्यू लागेपछि नेपालगन्जको अवस्था सामान्य बन्दै धादिङको गजुरीमा ट्रकको ठक्करवाट दुई विद्यार्थीको मृत्यु अमेरिकाको इतिहासमै पहिलो पटक बहालवाला सभामुखको पद खोसियाे एशियाली खेलकुद: नेपाल महिला कबड्डीको सेमिफाइनलमा विजयादशमी टिकाको साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे युवा र उद्योगीलाई आत्मनिर्भर बन्ने वातावरण देशभित्र सिर्जना गर्नुपर्छ: नेपाल सरकारले मुलुकमा संवैधानिक संकट निम्त्याइरहेको छ: ओली बझाङ केन्द्रविन्दु भएर दुई पटक भूकम्पको धक्का सद्भाव र्‍यालीमा ढुङ्गा र इँटा प्रहार हुन थालेपछि नेपालगञ्जमा कर्फ्यु जारी सुन प्रकरणमा चिनियाँसहित तीन जनालाई पक्राउ सुनको मूल्यमा लगातार गिरावट नेपालको आर्थिक वृद्धिमा सुधार हुने विश्व बैंकको प्रक्षेपण एलपी ग्यासमा दक्षिण एसियमै नभएको चर्को कर असुली नेपालमा ढोरपाटन सिकार आरक्षमा सिकारयाम शुरू प्रधानमन्त्री दाहाल र एमसीसी प्रमुख अलब्राइटविच बालुवाटारमा भेटवार्ता विमानस्थलको धावनमार्ग आफ्नो नाममा दर्ता गर्नेले मुआब्जा नपाउने नेपाली सेनाद्वारा सिरहामा रहेको सर्पदंश केन्द्रको स्तरोन्नति डब्लूएचओद्वारा बालबालिकाका लागि औलोविरुद्ध खोप सिफारिस एसियन खेलकुद: सानदार ब्याटिङका बाबजुत नेपाल भारतसंग २३ रनले पराजित अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेश व्यवस्थालाई दोष दिने बेला भएको छैनः मन्त्री गुरुङ मोरङको गेउरीया पुल निर्माण कार्य सुरु उद्योग सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता कालोपत्रे भएको तीन महिनामै सडक भत्किएपछि स्थानीय आक्रोशित शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी छ: अर्थमन्त्री महत हत्यारालाई आममाफी दिएको भन्दै रास्पाले राष्ट्रपतिलाई बुझायो ज्ञापनपत्र सुन तस्करी छानविन आयोगद्वारा आजवाट काम सुरु दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्यवृद्धि स्पेनको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु सुन तस्करी छानबीनका लागि उच्चस्तरीय जाँचबुझा आयोग गठन पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता सहज ढंगले यातायात चल्ने बातावरण बनाउनुपर्छ: गृहमन्त्री श्रेष्ठ यस वर्षको मदन पुरस्कार उपन्यास ’ऐँठन’लाई माल्दिभ्सको राष्ट्रपति निर्वाचनमा मोहोमद मुइजु निर्वाचित नेपाल विद्युत प्राधिकरणले पायो भारतमा पनि विद्युत् बिक्रीको अनुमति

सामुहिक सरुवा नगरे काम ठप्प पार्ने त्रिभुवन विमानस्थल भन्सार कर्मचारीको चेतावनी

त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालयका कर्मचारीले आजवाट काम ठप्प पार्ने चेतावनी दिएका छन । सामुहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनवाई नभए पछि आजबाट भन्सार ठप्प पार्ने बताएका हुन । शुक्रबार विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी प्रक्राउ गरेपछि अरु कर्मचारी विरोधमा उत्रिएका हुन् । सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका ४ कर्मचारी यसअघि नै पक्राउ परेका छन । उनीहरुले माग सम्बोधन नभए भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सबन्धी सम्पुर्ण कार्य बन्द गर्ने चेतावनी दिएका हुन । आज पनि माग सम्बोधन नभए भोली पनि कार्गो शाखाका सबै काम बन्द गर्ने घोषणा उनीहरुले आइतबार नै गरेका छन । हिजो उनीहरुले तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक बिरोध सुरु गरेका थिए । भदौं २७ गतेसम्म पनि माग सम्बोधन नगरेमा पुनः अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने कर्मचारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । ६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरु धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरुको आरोप छ । सोही कारण कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १ सय ३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए । तर, आफनो माग दुई साता लागिसक्दा पनि सुनवाई नभए पछि उनीहरु आन्दोलित भएका हुन । पहुचका आधारमा राजनीतिक नेतृत्वलाई जोगाउने तर कर्मचारी तन्त्रलाई भने त्रसित बनाउने काम प्रहरीले गरेको आरोप पनि उनीहरुको छ । आफ्ना विरोध कार्यक्रमबारे उनीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्य सचिव, डा. बैकुण्ठ अर्याल लगायतलाई पनि जानकारी गराएका छन ।

प्रतिक्रिया