कोशी प्रदेश सरकारद्धारा बजेटसम्बन्धी अध्यादेश जारी

कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश जारी गरेको छ । बजेटसम्बन्धी दुई वटा अध्यादेश जारी भएसँगै कोशीमा बजेट शून्यको अवस्था अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङलले आज कोशी प्रदेश आर्थिक अध्यादेश र कोशी प्रदेश विनियोजन अध्यादेश जारी गरेका हुन । नवनियुक्त मुख्यमन्त्री मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेश ल्याउने निर्णय शुक्रबार पहिलो बैठकबाट नै गराएका थिए । यसअघि कार्की नेतृत्वकै सरकारले सरकारले गत जेठ ३२ गते ल्याएको अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो । त्यसपछि प्रदेशमा बजेट शून्यको अवस्था थियो । अध्यादेशमार्फत् आएको बजेट ६० दिनभित्र प्रदेश सभाबाट पारित हुनुपर्नेछ । तर अहिलेको राजनीतिक खिचातानीका कारण बजेट सहजै पारित हुने अवस्था देखिदैन । बजेट पारित हुनु अगाडि अबको २८ दिनभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने बाध्यत रहेको छ । प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेका ४७ मत पु¥याउन कठिन देखिएको छ । यसअघि एमालेलाई साथ दिएको राप्रपाका प्रदेश सभामा ६ सांसद थपिदा पनि एक मत कम हुने देखिन्छ । प्रदेश सरकार सामु सहमतीय सरकार कि मध्यावधि निर्वाचन दुई विकल्प मात्रै बाँकी छन । प्रदेशसभाको पहिलो कार्यकालमा ३ जना मुख्यमन्त्री फेरेको कोशीले दोस्रो कार्यकालको ८ महिनामै ४ पटक मुख्यमन्त्री फेरिसकेको छ।
योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती अदालत परिसरमै ढलिन्

अर्थमन्त्री महत र एमसीसी प्रमुख अलब्राइटबीच शिष्टाचार भेटवार्ता

सामाजिक सदभाव बिग्रिने कुनै पनि सामग्री सामाजिक सञ्जालमा नराख्न बाँके प्रशासन…
हामी विपन्न, गरिब, सीमान्तकृत समुदायको पक्षमा छौं: नेपाल

कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यापारीलाई कडा कारबाही हुने

बझाङमा मंगलबार यता एघार पटक भुकम्पको धक्का महसुस

प्रतिक्रिया